जाजरकोट । जाजरकोटमा पहिरोमा परी वेपत्ता हुनेको सङ्ख्या ४ पुगेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रेडियो हाम्रो पाइला जाजरकोटका अनुसार राष्ट्रिय भलिबल खेलाडी केदार कार्कीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
३ जना भने उपचार पश्चात घर फर्किएको प्रवक्ता थापाले बताउनुभयो ।
आज बिहान ६ बजेदेखि नै खलङ्गा आसपासका घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट, नेपाली सेना र नेपाल प्रहरीको गरी १ सय ५५ जनाको संयुक्त टोली खटिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३