रुकुम पश्चिम । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृतक सबै ८ जना र घाइते १० जनाको नाम खुलेको छ ।
७ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतकहरूमा आठबिसकोट नगरपालिका ३ का ३० वर्षका कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षका टेकजङ्ग बुढा, १५ वर्षका दिलमाया बुढा, आठबिसकोट नगरपालिका २ का वर्ष १७ का मनिका ओली, १८ वर्षका शर्मिला बिक रहनुभएको छ ।
आठबिसकोट २ का २२ वर्षीय गोपाल ओली, आठबिसकोट १ का १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विकको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
चालक बाहेक सबै घाइते आठबिसकोट नगरपालिका १ का रहेका छन् । घाइतेमध्ये जुना बुढा, वर्ष १८ लाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
दुर्घटनाका घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टोपजङ्ग बुढा, चालक, वर्ष ३४
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२