काठमाडौँ । दसैँसम्बन्धी गीत "आयो है दसैँ आयो" बोलको गीत सार्वजनिक भएको छ ।
गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको स्वरमा रेकर्ड भएको गीतले दसैँले गाउँघर तथा सामाजमा ल्याउने उमङ्ग र यसको महत्वका बारेमा व्याख्या, वर्णन गरेको छ ।
सुरेश पण्डितको शव्दलाई राजेन्द्र बजगाईँले सङ्गीत दिनुभएको हो । शिक्षण तथा पत्रकारितामा सक्रिय गायक सुवेदीले दसैँको विषयमा चर्चा गरिएको गीत गाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
"पछिल्लो समयमा चाडपर्व लक्षित गीत ल्याउने तर सामाजिक एवं इतिहासभन्दा पनि व्यावसायिकता हाबी हुँदा मर्म मर्ने गरेको छ । तर यो गीतमा दसैँको सामाजिक र सांस्कृति परिवेश अनि हरेकको मनोभावको कुरा गरिएको छ।" सुवेदीले भन्नुभयो ।
म्युजिक किचन रेकर्डिङ स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग मनोज परियारले गर्नुभएको हो ।
"दसैँ आयो" बोलको गीतः
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१, १७:०३