नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा घरेलु टोली भुटानलाई २-१ ले हराएसँगै नेपाल समुह बीको उपबिजेता बन्दै नेपाल प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।
पहिलो हाफसम्म १-०ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि भारतसँग खेल्ने छ। भारत समूह ए को विजेता हो।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१, २०:०३