काठमाडौँ । आइसिसी टीट्वान्टी विश्वकपमा अफगानिस्तानले युगान्डालाई पराजित गरेको छ । आज बिहान भएको खेलमा युगान्डा १ सय २५ रनले पराजित भएको हो।
अफगानिस्तानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो।
युगान्डाका रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाउनुभयो ।
अफगानिस्तानका फजलहक फारुकी खानले सर्वाधिक ५ विकेट लिनुभयो भने नवीन उल हक र राशिद खानले समान दुई विकेट लिनुभयो । मुजीब उर रहमानले एक विकेट लिनुभयो ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई पराजित गरेको छ ।
आज बिहान भएको खेलमा युगान्डा १ सय २५ रनले पराजित भएको हो। अफगानिस्तानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो।
युगान्डाका रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाउनुभयो ।अफगानिस्तानका फजलहक फारुकी खानले सर्वाधिक ५ विकेट लिनुभयो भने नवीन उल हक र राशिद खानले समान दुई विकेट लिनुभयो । मुजीब उर रहमानले एक विकेट लिनुभयो ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१, १०:१६