काठमाडौँ । पानी पर्ने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।
पर्सिसम्म नै देशभरिको मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर पानी कम परेपछि देशभरिकै मौसम पूर्ण रूपमा खुल्न भने केहीदिन लाग्ने महाशाखाका मौसमविद् चिरन्जिवी भेटुवालले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा भने कम पानी पर्नेछ । आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् भेटुवालको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले पर्सि रातिसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने पूर्वानुमान गरेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ९१ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१, ०९:२५