काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै समुह विजेता बनेको हो । प्रतियोगिताकाे साबिक विजेता नेपाल जारी प्रतियोगितामा अहिलेसम्म अपराजित छ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले अर्को समुहको उपबिजेतासँग खेल्ने छ ।
८ ओभरमा ७४ रन बनाउनपर्ने लक्ष्य पाएको नेपालका गुल्सन झाले सर्वाधिक ३२ र कप्तान रोहितकुमार पौडेल १६ रनमा अविजित रहनुभयो । गुल्सनले १९ बलमा दुई दुई चौका र छक्का प्रहार गर्नुभयो ।
दीपेन्द्रसिंह ऐरीले ९ बलमा १७ रन बनाउनुभयो ।
ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदीले ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१, १६:०१