काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीका लागि घोषणा गरिएका पुरस्कार रकम उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको बिदाइ कार्यक्रममा कप्तान पौडेलले सरकारले पटक पटक घोषणा गरेको पुरस्कार दिने घोषणा गरेपनि अझै पूरा रकम पाउन बाँकी रहेकाले उक्त रकम उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।
कप्तान पौडेलले बिदाइ कार्यक्रममा उपस्थित खेलकुद मन्त्री विराजभक्त श्रेष्ठमार्फत सरकारसँग पुरस्कार रकम उपलब्ध गराउन माग गर्नुभएको हो । मन्त्री श्रेष्ठले बाँकी रहेको पुरस्कार रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०, १३:०९