काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा यसअघि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विद्यालय शिक्षा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
सभामुख देबराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र उहाँले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने सम्भावित कार्यसूची आज छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय आयोग नबनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा प्रश्न उठाउने तयारी गरेको छ ।
असोज ५ पछि आयोग गठनको सहमति कार्यान्वयन नभएको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०, ०८:५४