काठमाडौँ। साहित्यकार तथा समाजिक अभियन्ता निर्मला बुढा मगरको जनचेतनामूलक गीत""नारी श्रृष्टिकै प्यारी" सार्वजनिक भएको छ ।
उहाँको शब्द रहेको यो गीतमा अनु चौधरीले स्वर दिनु भएको छ भने मनोज चौलागाईँको सङ्गीत रहेको छ ।
"महिलाप्रतिको दृष्टिकोण समाजमा अझैँ पनि सकारात्मक हुन नसकेको अवस्थामा चेतना विस्तार होस्, महिलाहरुमा आत्मविश्वास बढोस् र बुझाइ परिवर्तन होस् भन्नका लागि गीत रेकर्ड गरेको हुँ।" निर्मलाले भन्नुभो ।
इडन बहुउद्देश्यीय तालिम केन्द्रको प्रवन्ध निर्देशक रहनु भएका उहाँको २०७४ सालमा "नानी" उपन्यास प्रकाशित छ भने "हाट" उपन्यास प्रकाशोन्मुख छ ।
सल्यानको कोटमौलामा जन्मनु भएका निर्मला बुढा हाल बाँकेको स्थायी बासिन्दा हुनुहुन्छ ।
नारी कम्जोर छैनन् भन्ने मान्यता स्थापित गर्न र लैङ्गिक समानताको सन्देश दिन आफ्ना रचना केन्द्रीत भएको उहाँले बताउनुभयो ।
२० वर्षभन्दा बढी समय नेपालको स्वास्थ्य तथा सामाजीक विकासको क्षेत्रमा काम गर्दाको अनुभव साहित्यमार्फत सार्वजनिक गर्ने क्रम आगामी दिनमा पनि निरन्तर रहने निर्मलाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०, ११:४१