काठमाडौँ । गीतकार लेखराज गिरीले लेख्नु भएको 'नुनको भारी' बोलको गीत सार्वजनिक भएको छ ।
भौगोलिक रुपमा विकट जिल्ला हुम्लाको कथालाई समेटेर गिरीले लेख्नु भएको गीत गायक बादल थापा मगरको स्वर तथा सङ्गीतमा बजारमा अएको हो ।
स्थल यातायातले हालसम्म पनि छुन नसकेको जिल्ला हुम्लाबासीको जनजीवन, समस्या उजागर गरेर गीत लेखिएको र यसले स्रोता तथा दर्शकको माया पाउने अपेक्षा गरेको गीतकार गिरीले बताउनुभयो ।
यो गीतको विनय पौडेलले निर्देशन गर्नुभएको छ ।
भीमसेन कल्याल ठकुरीले छायाँकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गर्नु भएको छ भने लक्ष्मण देवकोटा र सरस्वती खत्रीको अभिनय रहेको छ ।
यो समाचार तयार पार्दा युट्युबमा यो गीत २६औँ नम्बरमा ट्रेन्डिङमा छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८, ०७:२९