काठमाडौँ । गायक तथा सङ्गीतकार कन्हैयासिंह परियारले हरेक वर्ष प्रदान गर्ने गरी 'कन्हैयासिंह राष्ट्रिय सङ्गीतकर्मी पुरस्कार' स्थापना गर्नु भएको छ ।
आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गर्दै पुरस्कार स्थापना गरेको उहाँले बताउनुभयो । ५१ हजार राशिको यो पुरस्कार पहिलो वर्ष दाङ निवासी गायिका चन्द्रकला शाहलाई प्रदान गरिएको छ ।
बाँकेमा जन्मनुभएका गायक तथा सङ्गीतकार कन्हैयासिंह हाल अमेरिकामा बस्दै आउनु भए पनि केही समयअघि नेपाल आउनु भएको थियो ।
काठमाडौँमा हिजो आयोजित एक समारोहका बीच वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, संविधानविद् तथा गायक एवं गीतकार मीमार्जुन आचार्य लगायतले पुरस्कार तथा सम्मानपत्र गायिका शाहलाई हस्तान्त्रण गर्नुभयो ।
पुरस्कार आफ्नो लागि महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८, १०:२७