काठमाडौँ । कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए भने ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच हजार २ सय २ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र सहभागी भएका थिए । छात्राको सङ्ख्या १ लाख ९७ हजार १३ थियो ।
आङ्शिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२