काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ६१ दशम्लव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आज साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड अर्थात उत्तीर्ण हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी दिनुभयो ।
बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२