काठमाडाैँ । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् ।
बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकाल्दै फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय गरेको बताउनुभयो । ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन ’ उहाँले भन्नुभयो- ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्छ,अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै हो ।’
सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने पनि बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१, १२:२६