इटहरी । इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विजुली बसबाट सेवा सुरु गरेको छ । इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउन विजुली बस सुरु गरिएको उहाँको भनाइ छ ।
नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने छ । यी बस छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१, १२:००