काठमाडौँ । राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराएका मध्ये ० दशमलव ६५ प्रतिशतले मात्रै कार्ड लिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार हालसम्म १ करोड ५२ लाख जनाले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराएकोमा १० लाख जनाले मात्र कार्ड लिएका छन् ।
४४ लाख परिचयपत्र छपाइ गरी वितरणको तयारी गरिरहेको राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले सीआईएनसँग बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र नम्बरले नै काम चल्ने भएका कारण पनि कार्ड लिनेको सङ्ख्या कम भएको उहाँको दाबी छ । अघिल्लो आर्थिक वर्षमा ५ जिल्लाको वडा–वडामा गएर राष्ट्रिय परिचयपत्र वितरण अभियान चलाएको केन्द्रले यस आर्थिक वर्षमा २० वटा जिल्लामा यो अभियान सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो । पाँच वर्षदेखि विवरण सङ्कलन सुरु भए पनि कार्ड छपाइको काम भने दुई वर्ष अगाडीबाट मात्र सुरु भएकाले कार्ड वितरण कम भएको हाे ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१, १४:३८