काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग- २०७४’ को प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
शिक्षा मन्त्री सुमना श्रेष्ठले, चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न विशेष अदालतका पूर्व अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको सिफारिस सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो ।
प्रतिवेदन मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिने मन्त्रालय स्रोतले जनाएको छ ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि कार्यान्वयन नहुँदा सरकारको आलोचना हुने गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुभएको र प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालय स्रोतले जनाएको छ ।
आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. तीर्थ खनियाँ सहित ४३ जनालाई भविष्यमा सरकारी काममा लगाउन नमिल्ने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०, १५:२०