सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाको विकट वडा नम्बर ६ मा सार्वजनिक बस पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।
पहिलो पटक गाउँमा बसपुगे पछि स्थानीयले चालक तथा सहचालकलाई पन्चेबाजासहित फूल माला, अबिर लगाएर स्वागत गरेका छन् ।
फिक्कलबाट काठमाडौँसम्म सञ्चालन हुदै आएको रोयल ओखलढुङगा डिलक्सको बा ४ ख ३०८८ नम्बरको बस मध्य पहाडी लोकमार्गबाट वडा नम्बर ६ को केन्द्र तालुखे गाउँ पुगेको हो ।
गएको आर्थिक वर्षमा गाउँपालिका र बागमती प्रदेश सरकारको समपुरकतर्फको २ करोड र सडक डिभिजन कार्यालय खाल्टेको ५० लाख बजेटमा सडकको स्तरोन्नति गरेर वडा कार्यालयसम्म बस पुगेको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।
तालुखेसम्म बस चलाउन सकिन्छ वा सकिँदैन भनेर परीक्षणको लागि बस पु¥याइएको अध्यक्ष सुनुवारले बताउनुभयो ।
नियमित बस चलेको अवस्थामा गाउँका नागरिक यातायातको सेवाबाट लाभान्वित हुनुका साथै कृषिजन्यलगायत गाउँको उत्पादन बजारसम्म लैजान जिलो हुने स्थानीयबासीको अपेक्षा छ ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०, १०:४८