काठमाडौँ । स्थानीय तहले उपभोक्ता समितिमार्फत गर्ने विकासनिर्माण र खरिदमा मापदण्डको पूर्ण पालना नगरेको पाइएको छ ।
उपभोक्ता समितिमार्फत काम गर्न पाइने व्यवस्था भए पनि उपकरणको प्रयोग गर्न पाइँदैन भने स्थानीय नागरिकले रोजगारी पाएको हुनुपर्ने सार्वजनिक खरिद ऐन, नियमावलीमा उल्लेख छ ।
तर उपभोक्तालाई भन्दा पनि डोजर, जेसीबीलगायतका यन्त्रको प्रयोग गर्ने र उपभोक्ता समितिले नै विकासनिर्माणका काममा ठेक्का लगाउने अभ्यास रोकिएको छैन ।
सीआईएनसँग कुरा गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता, सहसचिव उमेश ढुङ्गानाले पालिका र वडास्तरका अनुगमन समितिले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
स्थानीय विकासनिर्माणका काममा अनुगमनका लागि गाउँपालिका वा नगरपालिकामा उपप्रमुख या उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति छन् भने वडा अध्यक्षको संयोजकत्वमा वडास्तरमा अनुगमन समिति गठन भएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, १४:३३