देवानन्द न्यौपाने, रेडियो पश्चिम आवाज, लम्की, कैलाली
कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी हुनु भएको छ ।
नेता शाह १० हजार ४ सय ३३ मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमालेका कमलाकुमारी ओलीले ८ हजार ८२ मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले २ हजार १ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
कुल ३१ हजार ८ सय २६ मत खसेको प्रदेश सभामा १ हजार ७ सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९, ०८:२८