काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत चार बर्षे स्नातक तह अर्थात बीए पहिलो बर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा कार्यालयको वेबसाइट www.tuexam.edu.np मा गएर हेर्न सकिनेछ ।
नतिजा प्रकाशित गर्दा स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीले अध्ययनरत क्याम्पस बाट आ-आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई आउँदो मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९