कास्की । कास्की र पर्बत जोड्ने २ वटा मेटल पुल आज बिहान बाढीले बगाएको छ भने मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका ५ र ६ को सीमाना नयाँ पुल-बिरेठाटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरु आवतजावत गर्ने २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) सहित मन्दिरको आधा भागसमेत नदिले बगाएको हो ।
यसका साथै मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना ब्यक्तीहरु मन्दिरमा फसेको भन्ने खबर प्राप्त भए पश्चात उद्धारको लागी सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोरसहितको उद्दार टोली घटनास्थल पुगेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सैलेन्द्र थापाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३