काठमाडौँ । नवलपरासी, सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीको कटानबाट बस्ती जोखिममा परेपछि नेपाली सेनाले गएको रातभरि अस्थायी तटबन्ध निर्माण गरेको छ ।
गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले रातभर अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।
जोखिमयुक्त स्थानमा अस्थायी तटबन्ध निर्माण तथा मर्मत–सम्भार गरी नदी कटान नियन्त्रण र बस्ती संरक्षणमा सहयोग पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०८३