सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ ।
सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इँटा भट्टामा पुरिएर उद्योगमा कार्यरत तीन जना मजदुरको हिजो साँझ मृत्यु भएको हो ।
भट्टाबाट इँटा निकाल्नेक्रममा माटो र इँटाले पुरिएर सर्लाहीको गोडैता नगरपालिका ७ रामवन बस्ने ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका ९ बस्ने ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मलङ्गवा नगरपालिका ७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ ।
तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३