काठमाडाैँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा चाैथो भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएसँगै नेपालले इमर्जिङ टिम्स कप पनि खेल्न नपाउने भएको हो ।
इमर्जिङ टिम्स कप आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आजको खेलमा १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेकाे हो । हङकङका अंशुमन रथले अविजित ६५ रन बनाउनुभयो । नेपालका सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए पनि टोलीलाइ जिताउन पर्याप्त भएन।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१, १९:५०