काठमाडौँ । आफ्नो ५ वर्षे कार्यकालमा कर्णाली प्रदेश सभाले ५१ वटा कानुन तयार पारेको छ ।
प्रदेश सभाको पहिलो कार्यकालको समीक्षा गर्ने क्रममा बनेका मध्ये ५ वटा ऐनको गत साउनको तेस्रो साता समीक्षा गरिएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सीआईएनसँग बताउनुभयो ।
गत जेठ २६ मा सुर्खेतको वीरेन्द्रनगरमा सीआईएनको कार्यक्रम ' हेलो सासद' मा सभामुख शाहीले बनेका मध्ये केही ऐनकानुनको समीक्षाका लागि संसदीय समिति र सचिवालयलाई निर्देशन दिनुभएको थियो ।
कर्णाली प्रदेश सार्वजनिक तथा निजी साझेदारी ऐन, कर्णाली प्रदेश सहकारी ऐन, कर्णाली प्रदेश खाद्य तथा सार्वभौमसत्ताको हक ऐनलगायत ऐनको समीक्षा गरिएको र समसामयिक बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालिएको सभामुख शाहीको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९, ११:०३