रेडियो तमोर, ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा र सिदिङबा गाउँपालिकामा बाढीपहिरोबाट विस्थापित १ सय ५२ घरधुरीलाई पुनर्स्थापनाका लागि सिफारिस गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले विस्थापित परिवारलाई पुनर्स्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललेका अनुसार सिरिजङ्गाका १ सय १७ र सिदिङ्वामा ३५ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस गरिएको छ ।
पालिकामा बसेको कार्यपालिकाको बैठकको निर्णय सहित पुर्नस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समक्ष प्राप्त भएको अनुरोध पत्रका अनुसार सिफारिस गरिएको पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९, १५:२२