काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा पार्टीका नेता कार्यकर्तामा निराशा छाएको छ ।
शिर्ष नेतृत्व नै आरोप प्रत्यारोप र आपसी विवादमा अल्झिएपछि कार्यकर्तामा निराशा बढेको हो ।
पार्टी नेतृत्वको जिम्मेवारी पाएका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविच देखिएको विवाद लामो समयदेखि समाधानतर्फ अघि बढिरहेको छैन । दुवै अध्यक्ष लिखित रुपमै आरोप प्रत्यारोपमा लागेका छन् ।
मंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिवेदन तयार पार्न १० दिनको समय मागेपछि कतिपय नेताहरुले भने पार्टिभित्रको समस्या, समाधानको बाटोतिर गएको टिप्पणी गर्न थालेका छन् ।
तर राजनीतिक विश्लेषकहरुले भने नेकपा भित्रको विवाद त्यति सजिलै समाधान नहुने विश्लेषण गरेका छन् ।
तत्कालका लागि सरेको नेकपाको विवाद टरेर जाने अवस्था नदेखिएको विश्लेषक जैनेन्द्र जीवनले सीआईएनसँग बताउनुभयो ।
नेकपा भित्रको विवाद, देखिएको जटिलता र समाधानका विषयमा संविधानविद् तथा विश्लेषक जैनेन्द्र जीवनसँग गीता चिमोरियाले गर्नुभएको कुराकानी सुन्नुहोस् :
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७, ०९:५७