बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोडपेमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
बैतडीका ८ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठ्माण्डौँका ३ जना र अछामका १ जना गरी ३४ जना घाइते भएका हुन् । बैतडीका ८ जना घाइते भएका छन् ।
जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ७ का २८ वर्षीय वीरेन्द्र कार्की, दोगडाकेदार गाउँपालिका २२ वर्षीय नितेस भट्ट, बैतडीको दोगडाकेदारका २२ वर्षीय बिमाला बडु जोशी र उहाँका छोरा सुशाङ्क जोशी, बैतडीकै डिलाशैनी गाउपालिका १ का २० वर्षीय जनक धानुक, दोगडाकेदार गाउपालिका ७ का २७ वर्षीय अमृत बिक, डिलाशैनी गाउपालिका ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, बैतडीको पुर्चोडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार गरी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते हुनेमा दार्चुलाका ६ जना रहेका छन् । दार्चुलाको लेकम गाउपालिका २ का ५१ वर्षीय बल्देवसिह कार्की, शैल्यशिर ८ का २७ वर्षीय रमेश खत्री, मार्मा गाउपालिका २ कि ३ वर्षीया सिम्रन सिंह, शैल्यशिखर नगरपालिका ८ का धन सिंह खत्री, दार्चुलाकै मार्मा गाउपालिका वडा नं २ का २४ वर्षीय जानकी सिहं घाइते हुनुभएको छ ।
नौगाड गाउपालिका सप्टिका पुरुन टमाटासहित ६ जना घाइते भएका छन् ।
कञ्चनपुर भीमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, सुक्लाफाटा नगरपालिका ६ का ६५ वर्षीय नर्मा धामी, सुक्लाफाटा ६ का ५५ वर्षीय हर्क बहादुर धामी, बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवर र उहाँका २ वर्षीय छोरा नितेस कुवर, भीमदत्त नगरपालिका ६ का २४ वर्षीया दिपा चन्द, भिमदत्त नगरपालिका १ का ३५ वर्षीय नरेश पन्त, बेल्डाडी ३ का नरेन्द्र सिह सावद, भिमदत्त ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद गरी १० जना घाइते हुनुभएको छ ।
कैलालीको फुलबारीका १८ का ३५ वर्षीय दिनेश चौधरी र सोहि ठाँउका २२ वर्षीय बिसाल घर्तीमगर गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी ३ का बेद प्रकास धामी, गौरीगंगा नगरपालिका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६ जना पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौका १९ वर्षीय अजी लामा, काठमाण्डौ गोकणर्ेश्वर ४ का कणर् बहादुर बिष्ट र २२ वर्षीय अस्मिता बिष्ट पनि घाइते हुनुभएको छ भने अछामको चौरपाटी ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते हुनुभएको छ ।
मृतक ४ जनाको पहिचान खुल्यो
मृतक ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेको पहिचान खुल्नेमा बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ६ का २७ वर्षीय करन ऐर, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ८ कि किर्तिका कार्की, बैतडीको दोगडाकेदार गाउपालिका ६ का रण बहादुर चन्द र दोगडाकेदार गाउपालिका ६ कै कबिन्द्र जोशी रहनुभएको छ ।
चन्द नेपाल प्रहरीमा कार्यरत रहेको र जोशी दोगडाकेदार गाउपालिकामा कार्यरत कर्मचारी रहेको खुलेको छ । अन्य ५ जना मृतकको पहिचान खुल्न बाकी रहेको छ । दार्चुलाको गन्ना देखि महेन्द्नगरका लागि छुटेको पवनदुत यतायातको ना ५ख ५१४१ नंको बस खोडपे बजार नजिकै गएराती १०ः २५ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७, ११:०८