काठमाडौँ । नेपाली सेनाको विपद प्रतिकार्य द्रुत उद्धार टोलीले आज सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा विपद् प्रतिकार्य तयारी अभ्यास गरेको छ ।
मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका फौजहरूको सक्रिय सहभागितामा गरिएको अभ्यासले मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य गर्ने क्षमता बढ्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मनसुनजन्य विपदका समयमा गर्ने हवाई उद्धार लगायतका कार्यहरुको अभ्यास गर्ने क्रममा आज सर्लाहीमा प्रतिकार्य टोली पुगेको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०८३