काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट ९ सय २२ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।
लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई लैजाँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त गाडीलाई स्कर्टिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकलसमेत नियन्त्रणमा लिइएको छ ।
गाडी र मोटरसाईकल चालक भने फरार छन् । नियन्त्रणमा लिइएको गाडी, मोटरसाईकल र बरामद गाँजा सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३