काठमाडौँ । मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा अझै निर्णय नभएको निर्वाचन आयोगले जनाएको छ ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि बनेको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भने यसअघि नै विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न िनर्देशन िदनुभएकाे िथयाे ।
तर आयोगले ६ महिनाको छोटो अवधिमै विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिलाउन सकिने वा नसकिने विषयमा विज्ञहरूसँग छलफल जारी रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआइएनसँग बताउनुभयो ।
प्रवासी नेपाली अभियन्ताहरुले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन माग गरेका छन् ।
आज गृहमन्त्री अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता गर्ने र अमेरिकासहित विश्वभरबाटै मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२