काठमाडौँ । नेपालमा रुबेला रोगको निवारण भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले घोषणा गरेको छ ।
आज डब्लुएचओले आफ्नो आधिकारीक वेवसाईटमार्फत घोषणा सार्वजनिक गरेको हो ।
यद्यपी नेपाल सरकारलाई भने घोषणाबारे आधिकारीक जानकारी नआएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीआईएनलाई जानकारी दिनुभएको छ ।
रुबेला, रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को सङ्क्रामक रोग हो । चाडै नै महामारीको रुप लिनसक्ने यो रोग विशेषगरी ५ वर्ष मुनिका बालबालिकालाई धेरै हुने चिकित्सकहरु बताउँछन् ।
रुबेला रोग निवारणपछि नेपालमा बालबालिकाको जीवनस्तर, राष्ट्रको स्वास्थ्य सुरक्षा र आर्थिक विकास सबैमा प्रत्यक्ष लाभ पुग्ने विज्ञहरु बताउँछन् ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले नेपाल रुबेला मुक्त भएको घोषणालाई ऐतिहासिक उपलब्धिका रुपमा लिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै यस उपलब्धीका लागि अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई उहाँले धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२