काठमाडौँ । रङ्गहरूको पर्व होली आजबाट सुरु भएको छ । बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएसँगै होलीको सुरुवात भएको हो ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढाेका दरबार अगाडी चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ ।
यस वर्षको होली पर्व भने फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा परेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१