बर्दिया । गत साउनमा सार्बजनिक भएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या तीन सय ५५ छ ।
नयाँ तथ्याङ्क अनुसार, नेपालको चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् ।
यसअघि नेपालमा सन् २०१८ मा गरिएको गणनामा दुई सय ३५ वटा पाटे बाघ भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधार लगायत अन्य विविध विषय चुनौती बनेका छन् ।
तस्वीरहरुः फोटोग्राफर ओम यादव
![](/uploads/shares/2022/12/1670035823OmYadav_Tiger_01_copy.jpg)
![](/uploads/shares/2022/12/1670035825OmYadav_Tiger_05_copy.jpg)
![](/uploads/shares/2022/12/1670035827OmYadav_Tiger_07_copy.jpg)
![](/uploads/shares/2022/12/1670035823OmYadav_Tiger_02_copy.jpg)
यादवले खिचेका थप तस्वीर http://www.opyadav.com/ मा हेर्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९, ०८:२९