काठमाडौँ । रसुवामा बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका ५ वटा हेलिकप्टर आज बिहानैदेखि परिचालन गरिएको छ ।
हालसम्म नेपाली सेनाले १ सय १४ (भाद्र १० गते ९७, आज बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४) जनाको हवाई साधनमार्फत उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
६३ जनाको भने स्थल रुपमा उद्धार गरिएको छ।
-1787800818.jpeg)
नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजार भन्दा बढी फौज खटिई खोज/उद्धार तथा राहत वितरण कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।
गएरातभर नेपाली सेनाका ११ वटा समूह स्थलगत उद्धारका कार्यमा खटिएका थिए ।

नेपाली सेनाका ११ ट्रकद्वारा त्रिशूलीमा ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने काम भइरहेको र हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको निर्देशनालयले जनाएको छ।
मेडिकल टिम थप गरी त्रिशूलीमा घाइतेहरूको उपचार भइरहेको पनि नेपाली सेनाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३