डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखान स्थित धनगढी-दार्चुला पक्की सडक-खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु प प्र०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भइ सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
दार्चुलाको अपिहिमाल गाउँपालिका १ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा चालक बैतडी डिलासैनी गाउँपालिका २ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएको र दार्चुला मार्मा गाउँपालिका ३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ ।
दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा दार्चुला अपिहिमाल गाउँपालिका १ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३