नेपालगन्ज । वरिष्ठ गायक कमल बिक निर्मोहीको निधन भएको छ ।
मृगौला रोगबाट पीडित निर्वमोही गएको शनिबार एक्कासि बेहोस भएपछि बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
स्वासथ्यमा सुधार नभएपछि उहाँलाई हिजो भेण्टिलेटरमा राखिएको थियो । आज साँझ अस्पतालबाट घरमा ल्याएसँगै गायक तथा वरिष्ठ सञ्चारकर्मी निर्मोहीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृगौला रोगबाट पीडित उहाँकि श्रीमती हेरमदेवी विश्वकर्माको पनि गत माघ २३ गते निधन भएको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२