काठमाडौँ । मोरङ्ग जिल्लाको बुढिगङ्गा गाउँपालिका–१ टङ्की सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँ बराबरको सामान र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामानसहित सोही जिल्लाको बिराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षिय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कङ्कालिनी गण मोरङ्ग र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधी, सिटी सफारी र स्कुटर रहेको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३